Saturday, May 16News That Matters

घुस लिएको आरोपमा २ जना इन्जिनियर पक्राउ

पूर्णपुष्टि, कात्तिक २२

नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत दुई जना इन्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा नगरपालिकामा कार्यरत ईन्जिनियर पर्वत पौडेल र उनलाई सहयोग पुर्याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बट्टार बजारबाट पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारमा रहेको एक होटलबाट पक्राउ गरिएको आयोगले जनाएको छ । सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको ७५ हजार रुपैयाँ बरामद भएको जनाईएको छ ।