Monday, July 6News That Matters

सूचनाको हकको लागि राष्ट्रिय सञ्जाल, उदयपुरको जिल्ला तदर्थ समिति गठन

पूर्णपुष्टि, फागुन १ ।

सूचनाको हकको लागि राष्ट्रिय सञ्जाल, उदयपुरको जिल्ला तदर्थ समिति आज गठन भएको छ । समितिको संयोजकमा पत्रकार भोटराज राई, उपसंयोजकमा नागरिक समाजका युवा विवेक आले र सदस्य सचिवमा पत्रकार अप्सरा समाल मगर सर्बसहमत चयन भएका छन् ।

हाल बनेको तीन सदस्यीय तदर्थ समितिले फागुन मसान्तसम्ममा जिल्लाको आठै पालिकामा समिति विस्तार गरी जिल्ला कार्यसमितिलाई पूर्णता दिने भएको छ । सञ्जालको केन्द्रिय महासचिव एवम् उदयपुर संयोजक अजयकुमार साहको संहजिकरणमा जुम बैंठकबाट तदर्थ समिति बनाइएको हो ।

सञ्जालका केन्द्रिय संयोजक उमिद बागचन, केन्द्रिय सदस्य तथा १ नं.प्रदेशको सदस्य सचिव विष्णु चौलागाई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्कासमेतको सहभागिताबाट समिति बनेको हो ।