
पूर्णपुष्टि, फागुन १
माऔवादी मजदुर पार्टी केन्द्रिय तदर्थ समितिले २७ औँ जनयुद्ध दिवसको स्मरण गरेको छ । पार्टीले दिवसको अवसरमा नयाँ जनवादी क्रान्तिमा सहिद भएका सहिद्हरुलाई सम्झँदै दिवस मनाएको छ ।
दिवसको अवसर पारी गाईघाटको पिपलचोकमा कोण सभा गर्दै २७ बर्ष अघिको सहिद्हरुको लक्ष र सपना अझै पुरा हुन नसकेको पार्टीका केन्द्रिय महासचिव हिमाल सिंह राईले बताउनुभयो ।
महासचिव राईले सहिदहरुको रगतले देखाएको बाटो क्रान्तिको नाममा बढी अवसरवादी भएको कारण अझै पनि उनिहरुको सपना पुरा हुन नसकेको बताउनुभयो ।
पार्टी प्रबक्ता जगत कटुवालले कम्युनिष्टको नाममा धेरै फुट पैदा गराउने दलहरु सडक र सत्ताको खेलले सहिदहरुको रगतको अपमान भएको बताउनुभयो । कटुवालले विदेशीहरुको खेलले एमसीसी नजिक ल्याईसकेको आसंका गर्दै देशलाई ध्वस्त पार्ने तर्फ अहिलेको सरकार अघि बढेको बताउनुभयो ।
