
पूर्णपुष्टि, फागुन १
कुनै पनि वेला आई पर्न सक्ने प्राकृतिक विपद्बारे नाटकीय अभ्यास उदयपुरमा गरिएको छ । त्रियुगा नगरपालिका ६ देउरीमा बिभिन्न प्राकृतिक विपतिको पूर्व तयारी र त्यसको सामाधान बारे नक्कली अभ्यास गरिएको थियो ।
विपद्को समयमा कस्को भुमिका के भन्दै स्थानीय सरकार, प्रशासन, सुरक्षाकर्मी, संञ्चारकर्मी, संघसंस्था, स्वास्थय क्षेत्र, विद्यार्थी, शिक्षक, रेडक्रस सोसाईटी, बुद्धिजिवि लगाएत ग्रुप बनाई सबैलाई आ–आफ्नो भुमिका विषयक जिम्मेवारी दिइएका थिए ।
यी सबै क्षेत्रले विपद्को समयमा आफ्नो भुमिका निर्वाह सम्बन्धि आफ्नो नाटकीय कृतिम भुमिका अभ्यास प्रस्तुत गरेका थिए ।
प्राकृतिक विपद्मा यी सबै क्षेत्रहरु एकजुट भएर लागि परे विपद् सामाधान गर्न सकिने भन्दै सबै सम्बन्धित क्षेत्रको सहभागीमा पूर्व तयारी र अभ्यास गरिएको जिल्ला व्यवस्थापन समिति उदयपुरले जनाएको छ ।
जुनसुकै समयमा पनि आईपर्ने प्राकृतिक विपदका घटना भुकम्प, बाढी पहिरो, आगलागी, सर्पदंश, दुर्घटना लगायत बिषयमा कृतिम नाटक सिमुलेसन प्रा्रक्टीस गरिएको आयोजकले जनाएको छ ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले प्राकृतिक प्रकोपबार सचेतना नहँदा यसबाट धेरै धन जनको क्षती पुग्ने बताउनुभयो । कुनै पनि विपद्लाई समधान गर्न आफुहरु सचेत रहे यसबाट बच्न र समधान गर्न सकिने बताउनुभयो । प्राकृतिक विपदमा बढीजसो मानिसहरु आत्तिने डराउने समधानको उपाय नखोज्नाले यसबाट धेरै मानिसहरु असुरक्षित हुने बताउनुभयो । मेयर चौधरीले यस सचेतना कार्यक्रमले अबको जोखिमहरुमा सामाधानको उपाय र कम क्षतीको भुमिका खेल्ने बताउनुउनुभयो ।
बेलका नगरपालिकाका प्रमुख दुर्गा कुमार थापाले यस कार्यक्रमले धरै मानिसमा चेतनाको विकास गर्ने बताउनुभयो । उदयपुर पनि एक प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको बताउँदै यो निकै उपयोगी कार्यक्रम रहेको बताउनुभयो । प्राकृतिक विपद्बारे सचेत कार्यक्रमहरु अतिआवश्यक रहेको भन्दै प्राकृतिक प्रकोप विवद् व्यवस्थापनमा यस कार्यक्रमले ठुलो भुमिका खेल्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्त जिल्ला प्रमुख अधिकारी तथा जिल्ला व्यवस्थापन समिति उदयपुरका अध्यक्ष विनोद कुमार पोखरेलले प्राकृतिक प्रकोपको जोखिम न्युनिकरणका लागि सबै भन्दा बढी महत्व सचेतना कार्यक्रमको रहेको बताउनुभयो ।
उहाँले विपद्मा सबैको भुमिका उत्तिकै रहने भन्दै त्यस्तो बेला एउटाको मात्र मुख हेरेर बस्न नहुने र सबैको भुमिका निर्वाह गरे बिपद्लाई तत्काल समाधान गर्न सकिने बताउनुभयो । त्यसैका लागि पनि आफ्नो भुमिका विषयक अभ्यासहरु कार्यक्रममा संञ्चालन गरेको बताउनुभयो ।
जिल्ला व्यवस्थापन समिति उदयपुरको आयोजना, रेडक्रस सोईटी उदयपुरको प्राविधिक सहयोग र त्रियुगा नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको थियो ।
