
पूर्णपुष्टि, २१ बैशाख ।
राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०८१ को उपलक्षमा आयोजना गरिएको बक्तृत्वकला प्रतियोगितामा त्रियुगा नमुना माविको सुरेश बिश्वकर्मा प्रथम भएको छ । बिहिबार गाईघाट स्थित संगम सामुदायीक पुस्तकालयको सभाहलमा भएको प्रतियोगितामा सुरेसले पहिलो स्थान बनाएको हो । त्यस्तै गरी मेरो गाईघाट इन्सिच्युटकी गरिमा तिमिल्सिना प्रतियोगितामा दोस्रो भएकी छिन् भने उदयपुर टेक्निकलबाट प्रतिनिधित्व गरेकी रोशी राउत तोस्रो बनेकी छिन् ।

पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगिहरुलाई क्रमश : नगद रु ३ हजार, २ हजार, १ हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । क्यान फेटेरेशन उदयपुरको आयोजनामा भएको प्रतियोगिताको निर्णयक मण्डलमा त्रियुगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. कैलाश राई, क्याम्पसकै आईटी प्रमुख श्रावण कुमार मिश्र र त्रियुगा नगरपालिका आईटी प्रमुख रुपक तिमिल्सिना रहेको थियो । क्यानले बिगतका बर्षहरुमा झै यो बर्ष पनि सूचना तथा प्रविधि दिवसलाई भव्यताका साथ मनाएको थियो । क्यान महासंघका अध्यक्ष राजन आचार्य र सचिव पेशल राईको नेतृत्वमा उदयपुरमा पनि सूचना तथा प्रविधि दिवस भव्य रुपमा मनाईएको थियो । बिहानको समय प्रभातफेरी र्याली गरी दिउँसो भने बतृत्वकला प्रतियोगिता गराईएको थियो । कार्यक्रममा सूचना संञ्चार तथा प्रविधिको क्षेत्रमा काम गर्ने संघ संस्था र व्यक्तिहरुको उल्लेखिय उपस्थित रहेको थियो ।
