समितिसंग कुरा नमिलेपछि सडकमा अवरोध गरेको खुलासा
पूर्णपुष्टि उदयपुर, चैत १४ गते
-उदयपुरको कटारीमा चैत्र १० गते भएको एक घटनामा वन कर्मचारीमाथि दूब्र्यवहार भन्दा पनि निर्बाचित जनप्रतिनिधि र सांसदहरुको अपमान भएको स्थानीय सरोकारवालाहरुले बताएका छन् । सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत उपसचिव नारायण श्रेष्ठ र जनप्रतिनिधिहरुबीच भएको सामान्य कुरालाई अतिरन्जित गर्न खोजिएको भन्दै बरु जनप्रतिनिधिहरु र सांसदहरु अपमानित हुनु परेको उनीहरुले बताएका हुन् ।
घटनाका प्रत्यक्षदर्शी हिमाली यातायात व्यवसायी संघका उपमहासचिव शत्रुधन कार्कीका अनुसार छलफलका लागि कार्यालय पुगेका प्रतिनिधिसभा २ का सांसद शुरेसकुमार राईलाई तपाई कुन वन समुह अध्यक्ष हो ? भनेर उपसचिब श्रेष्ठले ठाडो प्रश्न गरेका थिए भने सोही क्षेत्रका प्रदेश ‘ख’ का सांसद कला घलेलाई वन समुहको सदस्य कला राई हैन् ? भनेर उत्तेजकढंगले प्रश्न गरेका थिए । कार्यालय जानअघि पटक पटक सांसदद्वयले फोन गर्दा उपसचिव श्रेष्ठले फोन नउठाएपछि कार्यालय गएका थिए । चिने पनि नचिने झै गरेका श्रेष्ठलाई आफुले सौहाद्रपूर्ण ढंगले सांसद ज्यूहरु जनताको गुनासोबारे छलफल गर्न आउनुभएको हो भन्दासमेत व्यवास्ता गरेको कार्कीले बताउनुभयो । सडक क्षेत्रमा भएको विवादको बिषयमा स्थलगतरुपमा गएर हेरौ भन्ने प्रस्ताव गर्दा उनी नमानेपछि आक्रोसित सर्बसाधारणले उनलाई बाहिरसम्म तानेर निकालेको कार्कीले बताए । “तीनवर्षदेखि सोही क्षेत्रमा सेक्टर वनको इन्चार्ज रहेका श्रेष्ठले सोही ठाउँबाट जननिर्बाचित सांसदहरुलाई चिन्दिन भन्नु मात्रै पनि अपमान हो ।” कार्कीले भन्नभयो ।
सहसचिव श्रेष्ठले लगाएको कुटपिटको आरोप पुष्टि गर्न चुनौती दिदै जनप्रतिनिधिहरुले जननिर्बाचित जनप्रतिनिधि तथा सांसदहरुको अपमानकोसमेत हिसावकिताव चाहिने बताएका छन् । कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ आफु मेयरको हैसियतले सहसचिव श्रेष्ठसंग हालका जटिल समस्याहरु बन डढेलो, डढेलोबाट बस्ति सुरक्षा, सडक, नाली जस्ता विकास निर्माणका बारेमा अपसी सहयोग र समन्वय गर्न लामो समयदेखि सम्पर्क गरेपनि फोनसम्म नउठाएको र सांसदहरुसंग कार्यालयमै पुगेर छलफल गर्न खोज्दा अनावश्यक लफडा निकालेर उल्टै आरोप लगाएको बताउनुभयो । ४ मिटरको सडकलाई ६ मिटरको हुनेगरी स्तरोन्नती गर्दा रुख नकाटिएको दावी गर्दै उहाँले उक्त सडकको ट्रयाक खोल्न आफैले स्विकृति दिएका उपसचिव श्रेष्ठले अनावश्यक रिसीवी साध्न र जनतालाई दुःख दिन स्काभेटर चालक पक्राउ गरेर समस्या सिर्जना गरेको मेयर श्रेष्ठले बताउनुभयो । जताततै डढेलो लागेको छ, बस्ति खतरामा परेका छन्, नियन्त्रणमा सहसचिव श्रेष्ठले पुरै वेवास्ता गर्र्ने गरेपछि आफै राती पनि नभनी दमकल लिएर जंगल पुगेर आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । उहाँले सहसचिव श्रेष्ठलाई कुटपिट नभएको बताउनुभयो ।
स्थानीयस्तरको समस्या हलमा कुनै चासो नदेखाउने उपसचिब श्रेष्ठले जनप्रतिनिधिहरुलाई पुरै व्यवस्ता गर्ने गरेको उपमेयर भिमकुमारी राउतले बताउनुभयो । खसीबास सडक नयाँ नभई २ बर्ष अघिको पुरानै सडकलाई स्तरोन्नती गरिएको उहाँले बताउनुभयो ।
स्थानीयहरुका अनुसार सडक अभावमा विरामीलाई बजारसम्म ल्याउन नसकिएपछि ट्रयाक खोलेर अहिले स्तरोन्नती गरिएको हो । तत्कालिन सामुदायिक वनका अध्यक्ष काशीराज पोखरेलका अनुसार तत्कालिन अबस्थामा सडकको ट्रयाक खोल्दा पनि उपसचिब श्रेष्ठले अवरोध पुर्याएका थिए । त्यस बखत उनले मोटो रकम घुस लिएर मात्र स्वीकृती दिएको आरोप उनको छ । हडैया जाने सडकमा समेत श्रेष्ठले अवरोध पुर्याएपछि १ लाख २५ हजार दिने सहमतिमा मौन स्वीकृती दिएको आरोप लगाउनुभयो ।
प्रतिनिधिसभा सांसद राईले जनताको विकास निर्माणमा सहसचिव श्रेष्ठ बाधक देखिएपछि छलफल गर्न जाँदा आफुहरुसमेत अपमानित बन्नु परेको बताउनुभयो । प्रदेश सांसद कला घलेले सहसचिव श्रेष्ठलाई कानून सबैको हो, वन संरक्षण सबैको कर्तव्य भएकोले छलफलबाट समस्याको समाधान खोज्न अनुरोध गर्दा पनि वेवास्ता गरेको बताउनुभयो ।
कटारी नगरपालिकाले विनियोजन गरेको वजेटबाट खसीबास सडक विस्तार गर्नेक्रममा उपसचिब श्रेष्ठले स्काईभेटर चालक राज कटुवाल र तुलसी बुढाथोकीलाई पक्राउ गरी कारवाही चलाएको छ । सोही विषयमा जानकारी लिन प्रतिनिधिसभाका सांसद राई, प्रदेशसभाका सांसद घले, कटारी ननगरपालिका (मेयर) प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी नपा वडानं १ का वडाध्यक्ष नवराज पोखरेलसमेतको एक टोली सेक्टर वन कार्यालय पुगेको थियो ।
घटनाको बिषयलाई लिएर चैत्र १२ गते जिल्ला प्रशासन कार्यालयमा आफुमाथि दुब्र्यवहार भएको भन्दै निवेदन दर्ता गराएका उपसचिब श्रेष्ठले आफु कानूनी कारवाहीका लागि अगाडी बढेको बताउनुभयो । घटनाको बिषयलाई लिएर चैत्र १२ गते जिल्ला प्रशासन कार्यालयमा आफुमाथि दुब्र्यवहार भएको भन्दै निवेदन दर्ता गराएका उपसचिब श्रेष्ठले आफु कानूनी कारवाहीका लागि अगाडी बढेको बताउनुभयो । आफ्नै कार्य क्षेत्रका सांसदहरुलाई अपमान गरेका उपसचिव श्रेष्ठको, आफुमाथि दुब्र्यवहार भएको भनाई छ ।