धरौटी बुझाएर केन्द्रीय कारागारबाट बाहिरिएका सन्दीप समर्थकबाट घेरिएका थिए । उनीलाई लिन केन्द्रीय कारागार पुगेका आफन्तसँगै सयौँ समर्थक उनलाई स्वागत गर्न जेलबाहिर जम्मा भएका थिए। सन्दीपलाई उनका आफन्तले ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए ।
उच्च अदालत पाटनले २० लाख धरौटी तिरेर रिहा गर्ने आदेश दिएसँगै उनी धरौटी तिरेर तारेखमा रिहा भएका थिए । सन्दीपलाई धरौटीमा छोड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय, सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीका–टिप्पणी गर्न पनि निषेध गरेको छ ।






