पूर्णपुष्टि, पुष २९ । उदयपुरको कटारी नगरपालिकामा स्थानीयको खेत नजिक फेला परेको नीलगाईको बाच्छी डिभिजन बन कार्यालय कटारी (त्रिवेणी)ले शुक्रवार बन्यजन्तु उद्धार केन्द्रमा बुझाईएको छ । गत तीन महिना अगाडी शलेस सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रबाट खेतमा निस्किएको २ महिनाको बाच्छीलाई कार्यालयले उद्धार गरी कार्यालय परिसरमै हेरचाहा गरी राखेको थियो ।
सिसाघारी सामुदायिक वन उपभोक्ता समूह कटारी –५ ,उदयपुरद्वारा संचालित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र कटारी–५ ,उदयपुरमा समुहको लगानीमा वन्यजन्तु उद्धार केन्द्र निर्माण कार्य सम्पन्न गरी आज नीलगाई त्यहि छोडिएको हो । डिभिजन बन कार्यालय त्रिवेणी कटारीका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे साथै समूहका पदाधिकारी, उपभोक्ता साथै वडाध्यक्ष मोहन तामाङ्ग लगायतको उपस्थितिमा नीलगाईलाई केन्द्रमा छोडिएको हो ।
