पूर्णपुष्टि,पुष ३० । किशोर किशोरीलाई कुलत बाटोबाट जोगाउन उदयपुरमा ‘हामी स्वयंसेवी अभियान’ सुरु गरिएको छ । गाईघाटमा एक कार्यक्रमको अयोजना गरी शिक्षा बिकास तथा समन्वय इकाइको समन्वय र १ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले अभियान सञ्चालन गरेको हो ।

अभियान अन्तरगत शुक्रवार जिल्लामा रहेका सबै विद्यालयहरुलाइ समेट्ने गरी ‘हामी स्वयंसेवी अभियान’ सुरु गरेको हो । बिभिन्न माध्यमबाट बिद्यालयका प्रधानाध्यापक, नायक शिक्षक र बिद्यार्थीलाई अभियान बारे प्रशिक्षित गराइएको कार्यक्रम संयोजक उर्मिला आचार्यले बताईन् । उनका अनुसार जिल्लाका ४५ बिद्यालयका प्रधानाध्यापक तथा नायक शिक्षकको उपस्थितिमा ‘लागुपदार्थ दुव्र्यसन तथा विपद् व्यवस्थापनमा हामी स्वयंमसेवी’ विषयक कविता प्रतियोगिता र कार्यक्रम निर्देशक रामचन्द्र कोईरालाले कार्यक्रम बारे प्रशिक्षित गराएको थियो ।
कविता प्रतियोगितामा जनता माध्यमिक बिद्यालय देउरीका शोभा कार्की पहिलो, जनज्योति माध्यमिक बिद्यालय चुहाडेका सुदिक्षा मगर दोस्रो, पिसजोन बोडिङ स्कुलका आयुस पौडे्ल तेस्रो र मावि चिसापानी ताप्लिका कोपिला राईले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् । विद्यालयमा पढ्दै गरेका किशोर अवस्थाका विद्यार्थीलाई लागुऔषध तथा विपद् व्यवस्थापनका सवालमा सिर्जनात्मक अभ्यासमार्फत सचेतना जगाउने उदेश्यले मन्त्रालयले हामी स्वयंसेवी अभियान’ सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विक, त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामा, रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द्रकुमार मगर, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे । चन्चले स्वभावका किशोर किशोरीलाई संरक्षण गर्न निकै गार्हो हुने भएकाले जिम्वेवारी पुर्वक भुमिका निर्वाह गर्नु पर्ने गौतमले बताए । गौतमले सहभागिहरुले किशोर किशोरीको यो उमेर अनुसार गलत बाटोमा हिड्न सक्ने उमेर भएकाले उनीहरुलाई समाज प्रतिको जिम्वेवार र योग्य नागरिक बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थीमा लागुऔषध र विपद् व्यवस्थापनका बिषयमा शैक्षिक जनचेतना जगाउने, नैतिक चरित्रवान, जिम्मेवार र असल नागरिककारूपमा समाजमा स्थापित गर्न अभियानबाट मद्धत पुग्ने उनले बताए ।
