पूर्णपुष्टि,साउन १३ । उदयपुरको त्रियुगा नगरपालीका वडा नम्बर–१० बोक्से खशि बजारमा आयोजित प्रथम सेभेन ए साईड ‘झरी च्यालेन्ज’को उपाधी ब्रोदर्सले हात पारेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा नयाँबस्ती फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ब्रोदर्स बिजयी बनेको हो । यता आयोजक टिम नयाँ नयाँ बस्तिले भने उपविजेतामै चित्त बुझाएका छन् ।
नयाँबस्ती फुटबल क्लबको आयोजनामा गत असारको २९ गते देखि सुरु भएको प्रतियोगिताको आज भएको फाईनल खेलमा ब्रोदर्सको लागि जर्सी नम्बर ४७ का सुदिप श्रेष्ठ र जर्सी नम्बर ५ का समेल राईले गोल गर्न सफल भएका थिए । प्रतियोगितामा नयाँबस्तीको लागि जर्सी नम्बर १८ का संजय भुजेलले टिमको लागि १ गोल गरी खाता खोलेका थिए ।
प्रतियोगिताका बिजयी ब्रोदर्सले ट्रफि नगद रु २५००० सहित प्रमाणपत्र र उपबिजेता नयाँबस्ती फुटबल क्लबले ट्रफि नगद रु १५००० सहित प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा उत्कृष्ट रक्षक नयाँबस्तीका सुनिल श्रेष्ठ , उत्कृष्ट मिड फिल्डर ब्रोदर्सका सुदिप श्रेष्ठ , उदयमान खेलाडी नयाँ बस्ती का लक्की राई, सर्बोकृष्ट खेलाडी नयाँ बस्तिकै टिपसन राई , उत्कृष्ट फरवार्ड नयाँ बस्ती कै दिवस राई , उत्कृष्ट गोलरक्षक ब्रोदर्सका रेम्बो चौधरी र सर्बाधिक गोलकर्ता ब्रोदर्सका दिवस श्रेष्ठ बन्न सफल भए । बिजेता एबम उप–बिजेता क्लब लाई त्रिनपा–१० का वडाअध्यक्ष किरण पाण्डे , आयोजक समितिका अध्यक्ष हेम राई लगायत अतिथीहरुले संयुक्त पुरस्कृत हस्तान्तरण् गरेका थिए ।
थप तस्विरहरु :-