पूर्णपुष्टि, असोज १२ ।
साझा सेवा घर गाईघाटलाई त्यहाँ आश्रित बालबालिकाको उपचारका लागि सहयोग मिल्ने भएको छ । गाईघाट स्थित शोम लाईफ केयर एण्ड डाइगनोस्टिक सेन्टर प्रा.लि. र त्रियुगा मेडिकल हबले उपचार सेवा गर्ने भएको हो ।
आज सिनियर मेडिकल अफिसर डा. शम्भु यादवले सेवा घरका बालबालिकालाई उपचार निःशुल्क उपचार सेवा दिने प्रतिबद्धता ब्यक्त गरे । उनी सेवा घरमै केही औषधी र स्वास्थ्य सामग्रीसहित पुगेका थिए ।
संस्थाकी अध्यक्ष गिता खड्का कार्कीले सहयोगी हातलाई स्वागत गरिन् । मानवीय सहयोगमा हातमा हात, साथमा साथ मिलेको बताइन् । हाल ३ जना बालबालिका रहेको सेवा घरमा अन्य बालबालिका आउने पक्रिया रहेको जनाइएको छ ।
हाललाई घरबाट सुरु गरिएको सेवालाई भाविष्यमा छुट्टै भवनसहित सबैखाले मानवीय सेवाको काम गर्ने जनाइएको छ । सेवा घरका लागि त्रियुगा नगरपालिकाले आवश्यकीय जग्गा उपलब्ध गराउने र सरकारले भवन निर्माण गरिदिने भएको छ ।