Wednesday, June 17News That Matters

सैन्य विमान दुर्घटना

पूर्णपुष्टि, फागुन १०

मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

मेक्सिकोको दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान हिजो बिहान एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको जनाइएको छ ।

विमान दुर्घटनामा मृत्यु हुनेको परिचय खुलिनसकेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएका छन् । विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ ।