
झापा, कार्तिक २७ गते ।
झापाको कन्काईमा स्कुटरमा आगलागी हुदा एक को मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । कन्काई नगरपालिका–३ सुरुङगामा स्कुटरमा आगलागी भएको हो ।
पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे ४ प २१३० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई रोड साईडको डिभाईडरमा ठोक्किदा अचानक स्कुटरमा आगलागी भएको थियो । स्कुटर चालक शिवसताक्षी नगरपालिका–१ निबासी १९ बर्षीय पवन मण्डलको विएण्डसी अस्पाताल विर्तामोडमा उपचार भईराखेको प्रहरीले जनाएको छ ।
२५ बर्षीय निरज शर्मा घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा बाटोमै मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
