
पूर्णपुष्टि, चैत्र १२
मोरङको बुढिगंगा गाउँपालिका २ का २४ बर्षीय खगेन्द्र काफ्ले र २७ बर्षीय अर्बिन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् । चैत्र ८ गते ईटहरीको धरान लाईनमा पार्किङ गरि राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भए संगै प्रहरीले चोरी गर्ने व्यक्तिहरु खोजतलास गर्ने क्रममा स्कुटर सहित दुबै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
