
पूर्णपुष्टि,फागुन २८
झापा दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको स्कुटी र मोटरसाईकल ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटी चालक दमक नगरपालिका–८ बस्ने बस्ने ५० बर्षीय ईन्द्र भुजेलको मृत्यु भएको हो ।
गत राती सभा ९ बजे प्रदेश १–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटी चालक भुजेललाइृ उपचारको लागी लाईफ लाईन दमक अस्पताल लादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक दमक नगरपालिका–४ बस्ने २६ बर्षीय संजोक सुन्दास समेत घाईते भई बिएण्डबि अस्पताल बिर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटना भएका दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
