Sunday, May 31News That Matters

स्कुलको सामान चोरी गरेको अभियोगमा दुई युवक पक्राउ

पूर्णपुष्टि, पुष १४
सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका–४ स्थित मोडल पव्लिक स्कूलको सामान चोरी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । । जिल्लाको भोक्राहानर्सिङ–५ का १८ वर्षीय प्रवेज आलम र २१ वर्षीय सुरज भुजेल स्कूलको समान चोरी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको सीपीयु ३ थान, एलसिडी ३ थान ३, प्रोजेटर मिसिन १ थान र पानी तान्ने मोटर २ थान चोरी भएको थियो ।
चोरी भएको सुचना प्राप्तहुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा निजहरुको घर नजिकै रहेको परालको टालीमा लुकाई राखेको अवस्थामा उक्त समानहरु बरामद गरिएको हो । दुबै जनाले राती २ बजे हयाक्सो ब्लेडले स्कुलको ढोकाको चाभी काटी उक्त समानहरु चोरी गरका थिए । बरामद भएको समानसहित चोरीमा संलग्न दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।