Friday, May 15News That Matters

स्कुलबसकाे ठक्करले बृद्धकाे मृत्यु

पूर्णपुष्टि, कात्तिक २१ ।

उदयपुरकाे बेल्टारमा स्कुलबसकाे ठक्करबाट बिहिबार बिहान एक बृद्धाकाे ज्यान गएकाे छ ।
जिल्लाकाे चाैदण्डिगढी नगरपालिका ७ पारुहाङचाैकमा पारुहाङ एकेडेमी स्कुलकाे ना ४ ख ८१३४ नम्बरकाे बसले ठक्कर दिएर चाैनपा ८ सिद्धिपुरकी ६० बर्षिया यशाेदा खुलालकाे ज्यान गएकाे हाे ।
प्रहरीका अनुसार पैदय यात्रामा रहेकी बृद्धलाई एक्कासि बसले ठक्कर दिएकाे थियाे । उनकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
घटना लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर प्रकृित मुचुल्का उठाएकाे जनाएकाे छ ।