
कात्तिक २१ गते ।
च्याम्प्यिन्स लिग फुटबलमा युभेन्टसले जित हात पारेको छ । गतराति भएको खेलमा युभेन्टसले लोकोमोटिभ मस्कोलाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो ।
खेलको तेस्रो मिनेटमा युभेन्टसका आरोन राम्सेले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै खेलका १२ औं मिनेटमा लोकोमोटिभ मस्का अलेक्सी मिरान्चुकले १ गोल गर्दै खेललाई बराबरीमा पु¥याएको थियो । तर ५५ औँ मिनटमा युभेन्टसका केभिन भोलान्डले १ गोल गर्दै २–१ ले आफ्नो टिमलाई जित दिलाएको थियो ।
