
कात्तिक २१ गते ।
नेपालको तराई क्षेत्रका केहि स्थानमा दिल्लीको धुलोले प्रदूषित भएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै तराईमा आइपुगेको देखाएको हो ।
तराईमा आएका प्रदूषण काठमाडौँमा भने नभित्रिने महाशाखाले स्पष्ट पारेको छ । अहिले दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च रहेको छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।
राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट पाँचवटा बु्रमर परिचालन गरिरहेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
