
पूर्णपुष्टि, भदौ १ गते ।
स्कुल बसले किचेर बारामा एक जना विद्यार्थीको अकालमै मृत्यु भएको छ । जिल्लाको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज बसले किचेर स्थानीय राकेश राय यादवका २ वर्षीय छोरा आयुषको मृत्यु भएको हो ।
उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स्कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले चढ्दै गरेका रायलाई पछाडीको चक्काले किचेको थियो ।
बससहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
