हजारौँ व्यवसायीहरुको सहभागितामा त्रियुगा उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन सम्पन्न

पूर्णपुष्टि, पुष २७
बिभिन्न अबरोध र समस्यालाई झेल्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले छैँटौ बार्षिक साधारण सभा, अधिवेशन सँगै समिति चयनको काम सोमवार सम्पन्न गरेको छ । लामो समय सम्म विवादमा झेलिएको संघलाई संस्थागत बनाउन रमेश रसाईलीको नेतृत्वमा १२ सदस्यीय तयार भएको छ । केहि व्यक्तिहरुले साधारण सभा तथा अधिवेशनलाई असफल बनाउन अन्तिम सम्मै लागि परेपनि हजारौँ व्यवसायीहरुले साधारण सभा तथा अधिवेशनलाई साथ दिएको संघका वर्तमान अध्यक्ष रमेश रसाईलीले बताए ।

रसाईलीले अधिवेशन असफल बनाउन व्यवसायीहरु नभई व्यक्तिहरु लागि परेको भन्दै कुनै पनि क्षेत्रमा सामान्य तया यस्तो समस्या आउन स्वभाविक रहेको बताए । रसाईलीले यो व्यवसायीहरुको निष्पक्ष छाता संगठन रहेको हुँदा यहाँ व्यवसायीले अधिवेशनलाई साथ दिएमा अरु कुनै व्यक्तिहरुले प्रभाव नपार्ने बताए । उनले आफुले संघको नेतृत्व गर्दै गर्दा आउने दिनमा संस्था र व्यवसायीहरुलाई सँधै सकरात्मक र क्रियाशिल बनाएर लैजाने समेत प्रतिबद्धता व्यक्त गरे ।

सोमवार चुनिएको १२ सदस्यीयहरुको एउटै स्वरले संघ र व्यवसायीहरुलाई निकास दिन आज हजारौँ व्यवसायीहरुले साधारण सभा तथा अधिवेशनलाई सहयोग गरेको जनाए । पूर्व अध्यक्ष गजेन्द्र भगतले सम्पूर्ण व्यवसायीहरुलाई एकताको बिच समेट्न नसक्दा संघ दुई फाँटमा विभाजन भएको थियो । भगतको ५ कार्यकाल सम्म पनि संस्थाको एकै पट साधारण सभा तथा अधिवेशन नभएपछि संस्थाको कार्यदिसालाई व्यवसायीहरुले नकरात्मक सोँच्न थालिसकेको अवस्था थियो ।

व्यवसायीहरुको सदस्यता नविकरण जस्तो महत्वपूर्ण कामहरु पनि अलमलमा परिसकेको थियो । त्यस समितिले आर्थिक हिसाव किताव कर्मचारीको तलव लगायतका बिभिन्न प्रशासनिक कामहरुलाई समेत प्रभावित पारिसकेको अवस्थामा पछिल्लो समय व्यवसायी र संघलाई ठुलो संघर्षका बिच एकतामा जोड्न बहुमदको समिति गठन गरी कार्यावाहक अध्यक्ष रमेश रसाईलीकै नेतृत्वमा संघको कार्यविधि विद्यान र निति नियमलाई एक मुष्ठ पार्ने काम भयो ।
संघलाई निकास दिँदै व्यवसायीहरुको अधिकारलाई सुनिश्चित गर्ने उदेश्यले कार्यवाहक समितिले चालेको गर्न लागिएको साधारण सभा, अधिवेशनलाई केहि व्यक्तिहरुले अन्तिम सम्मै असफल बनाउने काम गर्यो ।

काम गर्दै जाने क्रममा एक अर्का बिचको अडानका कारण संघलाई उच्च अदालतले समेत निगरानीमा राखी काम कार्वाही वारे बहस चलायो । पटक पटक संघलाई असफल बनाउन रिट र बहसले व्यवसायीहरुनै अलमलमा परेका थिए । संघको काम कार्वाहीलाई रोक्न केहि व्यक्तिहरुले अदालतमा रिट दर्ता गारउँदै अलमलमा पार्ने काम पनि आज अन्त्य भएको छ । कार्यवाहक समितिलाई उच्च अदालत सम्म तान्ने काम गर्दै केहि भ्रमित व्यक्तिहरुको सिकार समेत बनेको संघ र व्यवसायीहरुले लोमो समय पछि निकास पाएको छ ।


आखिर सत्यकै जित हुन्छ भने झै सम्मानिय सर्वोच्च अदालत विराटनगरले कार्यवाहक समितिकै निर्णयमा फैसाला सुनाएपछि सोही समितिले तत्कालै साधारण सभा अधिवेशन सँगै निर्वाचन समेत सम्पन्न गर्यो । संघको निर्वाचन दिसालाई अन्तिम सम्मै रोक्ने प्रयास गरेपनि अदालतको स्टे अडर अगाबै साधारण सभा, अधिवेशन तथा सर्वसहमत समिति चयन भईसकेको थियो ।

अध्यक्ष रसाईलीका अनुसार त्यो बिफल बनाउनका निम्ति धिरै प्रयास भएपनि हजारौँ व्यवसायीहरुले साधारण सभामा भाग लिएको र यहि नै अदालतको चाहाना रहेको समेत जनाए । साधारण सभा भन्दा अघि स्टे अडर आएको भए केहि समस्या हुन सक्ने भएपनि सबै गतिविधि निति बद्ध हिसावले कार्यक्रम सकिसेको हुँदा आएको अडरले कुनै असर नपार्ने अध्यक्ष रसाईलीले बताए ।

 

हाल संघमा रसाइलीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन भएको छ । समितिको प्रथम उपाध्यक्षमा नविन वस्नेत द्धितिय उपाध्यक्षमा पर्शुराम चौधरी, माहासचिवमा दिनेस श्रेष्ठ, सचिवमा रुपम अनुराग गुप्ता र कोषाध्यक्षमा टिकाकुमार श्रेष्ठ निर्वाििचत भएको हो । यसैगरि नयाँ कार्यसमितिको सदस्यहरुमा सरोज बस्नेत, दिपेन्द्र प्रसाद श्रेष्ठ, रुद्र बस्नेत, बैजनाथ साह, श्रवण चौधरी र हिरा साह सर्बसहमत चयन भएका छन् ।

नबनिर्वाचित अध्यक्ष रसाईलीले आफ्नो प्रतिवद्धता मन्तव्यको क्रममा आवश्यक सदस्यहरु पछि मनोनित गरिने बताएका छन् । रसाईलीले साधारण सभा तथा अधिवेशन सफल बनाउ उपस्थित सम्पूर्ण व्यवसायी, राजनितिक दल, जनप्रतिनिधि, पत्रकार लगायत सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरे । उनले आउँदो दिनमा संघ र व्यवसायीलाई कहिले निसार नबनाउे प्रतिवद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: