स्तन क्यान्सर पीडित बोक्सेकी मनमायालाई अटो व्यवसायीहरुको आर्थिक सहयोग

पूर्णपुष्टि, २३ माघ ।
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी मनमाया मगर क्यान्सरले थलिएकी छिन् । उनि एक बर्षदेखी स्तन क्यानसरबाट पिडित छिन् । आर्थिक अवस्था कम्जोरका कारण उपचारमा असज भोगिरहेकी मगरलाई गाईघाटका अटो व्यवसायीहरुले आर्थिक सहयोग गरेको छ ।

५५ वर्षीया मनमाया क्यान्सरले थलिएपछि निरन्तर उपचार हुँदै आएको छ । तर आवश्यक खर्चको अभावमा उपचार उत्ति सहज नभएको परिवारको भनाई छ । हाल चितवनको भरतपुरस्थित क्यान्सर हस्पीटलमा उपचाररत उनलाई गाईघाट बोक्से अटोव्यवसायी समूहले ६ हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
‘थोपा थोपा मिलेर समुन्द्र बन्छ’ भन्ने कुरालाई आत्मा साथ गर्दै अटो व्यसायी सर्वधन राईले आफुहरुको सानो सहयोग क्यान्सर पिडित मनमायालाई हस्तान्तरण गरेको जनाए । कसैको जीवन बाँच्छ भने सुरक्षित यात्रा मात्र नभई सामाजिक सहयोगका लागि पनि तत्पर छौँ राईले भने, । राईका अनुसार यसअघि पनि व्यवसायी समूहले बिभिन्न परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराइसकेको छ ।

एक वर्षअघि नै रोग पत्ता लागेको भएपनि रकम अभावकै कारण पीडित मनमायाको सामान्य उपचार मात्र हुँदै आएको थियो । तर पछिल्लो समय रोगले निकै च्यापेपछि भरतपुर भर्ना गरिएको हो । पीडितकी छोरा वासुदेव मगरका अनुसार आमाको उपचारका लागि लाखौँ खर्च भइसकेको छ । भएभरको सबै सकिएपछि अन्ततः सहयोगी मनहरुसँग सहयोग अपेक्षा गर्नुको बिकल्प नरहेको छोरा वासुदेवले बताए ।

उनले सहयोगी मनहरुलाई आफूले सकेको सहयोग गरिदिन समेत आग्रह गरेका छन् । जसका लागि सहयोग गर्न चाहने व्यक्तिहरुले छोरा वासुदेवको मोवाईल नम्बर ९८२७७८२२१९ वा एनआईसी एसिया बैंक गाईघाट शाखाको खाता नम्बर ४०८७७७४६७६५२४००१ मा सीधै जम्मा गर्न पकि सकेनछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0