Tuesday, June 9News That Matters

स्थल मार्ग हुदै नेपाल प्रवेश प्रतिबन्ध

पूर्णपुष्टि, चैत्र २ गते । 

आजदेखि भारत बाहेकका देशका नागरिकलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ । भारतसँग पनि आउजाउका लागि विभिन्न चारवटा नाका मात्र खुला राखिएको हो ।

काकडभिड्डाको रानीगञ्ज, वीरगंजको रक्सौल, भैरहवाको सुनौली, र महेन्द्रनगरको बनबासा नाका मात्र खुला गर्ने निर्णय गरिएको हो । यी नाकाबाट ओहोरदोहोर गर्नेको स्वास्थ्य जाँच गरिनेछ । सामान ढुवानीका लागि भने यसअघिका सबै नाका प्रयोग हुने सरकारले जनाएको छ ।

अर्को सूचना प्रकाशन नभएसम्मका लागि श्रम स्वीकृति तथा पढ्न विदेश जानेका लागि दिइने नो अब्जेसन लेटर स्थगित गरिएको छ ।