
पूर्णपुष्टि, चैत २ गते ।
नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५८ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा तोकेको छ ।
ओमानी रियाल १ को खरिददर ३ सय ९ रुपैयाँ ३१ पैसा तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा तोकेको छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ८३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ सय ८५ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३ सय १४ रुपैयाँ ८ पैसा तोकेको छ ।
