Sunday, May 10News That Matters

सुनको भाउ घट्यो

पूर्णपुष्टि, चैत २ गते । 

आज सुनको भाउ घटेको छ । आईतबार तोलामा १५ सय रुपैयाँले घटेको हो ।

सुनको भाउ घटेर तोलाको ७७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।