Wednesday, June 17News That Matters

स्थानीय उत्पादनलाई बजारीकरणमा मद्दत पुराउन सहजकर्ता र कर्मचारीलाई ४ दिने तालिम

पूर्णपुष्टि, १५ जेष्ठ ।
स्थानीय उत्पादनलाई टाढाको बजार सम्म पुराई बिक्रि वितरणमा सहयोग पुराउने भन्दै हुरेण्डेक उदयपुरका कर्मचारी र त्यस माताहतका बिभिन्न समुहका अगुवाहरुलाई ४ दिने तालिम प्रदान गरेकोे छ ।

आईतबार बाट गाईघाटमा सुरु भएको उक्त तालिमको एकमात्रै उदेश्य भनेको स्थानीय बजार सहजकर्ता तथा कर्मचारीहरुलाई स्थानीय उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने बिषयमा क्षमता अभिबृद्धि तथा पुनर्ताजगि गर्ने रहेको छ ।

हुरेण्डेक उदयपुरका जिविको पार्जन परियोजना अधिकृत नरेन्द्र महर्जनले २० जना स्थानीय बजार सहजकर्ता र ४ जर्ना कार्यालयको कर्मचारी गरी २४ जनालाई उक्त तालिम प्रदान गरिएको जनाए । तालिममा सहजकर्ता तथा कर्मचारीहरुलाई क्षमताको बिकास बृद्धि गर्दै स्थानीय उत्पादनलाई बजार सम्म पुराउनका लागि भरपुर सहजीकरण गर्ने महर्जनले जनाए ।

महर्जनका अनुसार उदयपुरको ६ पालिकाका १७ ओटा वडाहरुमा १८० ओटा समूह निर्माण गरिएको छ । यी २० जनाले १८० ओटा समूहहरुलाई हेर्नु पर्ने हुँदा एक जना बरावर झण्डै ७ ओटा सम्म समूहहरु भागमा पर्ने जनाए । तिनै समूहको नेतृत्वलाई तालिममा सहभागी गराई स्थानीय उत्पादनलाई बजारीकरण गर्दै आत्मनिर्भर तर्फ उन्मुख गर्ने महर्जनको भनाई छ ।

उनिहरुलाई तालिममा स्थानीय उत्पादनलाई बजार लगेर बिक्रि वितरण गर्न सहजकर्ताको भुमिका बिषयक तालिम प्रदान गरिएको हो । स्थानीयहरुले उत्पादन गरेको बस्तुहरु बिभिन्न समस्या र जानकारको अभावले खेर जाने, मुल्य नपाउने समस्याहरु छ । उत्पादन छ तर बजार नभएमा स्थानीयहरुले आर्थिक आम्दानी पनि गर्न सक्दैन ।

समूहले स्थानीय स्तरमा कृषि पशुपालन जस्ता क्षेत्रबाट गरेको उत्पादनलाई बजार पुराउने बारे जानकारी दिन यस तालिममले सहजकर्ताहरुलाई सजिलो बनाउने जनाईएको छ । बुधबार सम्पन्न हुने तालिम कोहबर होटलमा संञ्चालन भैरहेको छ ।