
पूर्णपुष्टि, असोज २४
स्पेनको राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरिएको छ । कोरोना सङ्क्रमण तीव्र गति रुपले बढ्न थालेपछि स्पेन सरकारले राजधानी मड्रिडमा आपतकालीन अवस्था घोषणा गरेको हो ।
मड्रिडमा १५ दिनका लागि आपतकालीन अवस्था लागू हुने भएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागू गर्न नचाहेपछि केन्द्र सरकारले आपतकालीन अवस्था लागू गरेको जनाईएको छ ।
तर मड्रिडका अधिकारीले भने आपतकाल लागू गर्नु न्यायपूर्ण नरहेको बताएका छन् । स्पेनमा अहिलेसम्म ८ लाख ९० हजारमा कोरोना पुष्टि भएकामध्ये करिब ३३ हजारको मृत्यु भएको जनाईएको छ ।

