Thursday, April 30News That Matters

स्रोत नखुलेको साढे ४१ लाखसहित एक जना पक्राउ

पूर्णपुष्टि, साउन ५ गते ।
स्रोत नखुलेको साढे ४१ लाखसहित एक जना युवक वीरगञ्जबाट पक्राउ पेको छ । भारत बिहार जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं. ११ का २५ वर्षीय राकेश कुमार पक्राउ परेको हो ।
बुधबार बिहान विशेष सूचनाको अधारमा तालुक प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पर्सा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट राकेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सिटमुनि र ट्याङ्कीमा लुकाई राखेको स्रोत नखुलेको नेपाली ४१ लाख ५५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
स्रोत नखुलेको रकम, मोटरसाइकलसहित राकेशलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।