स्रोत नखुलेको १० लाखसहित २ जना पक्राउ

पूर्णपुष्टि, असोज २३
स्रोत नखुलेको १० लाख भन्दा बढी रकमसहित दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम जलेश्वर नगरपालिका–८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम बोकेका दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा महोत्तरीकै मनरा सिस्वा नगरपालिका–५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका–७ बस्ने १८ वर्षीया बिन्दा कुमारी साह रहेका छन् ।

दीपेन्द्रले पिठ्युमा बोकेको झोलाभित्र राखेको पाँच लाख, मोटरसाइकलको सिटमुनिमा लुकाइएको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाइएको ३ लाख र उनको खल्तीबाट ४ हजार ४ सय गरी १० लाख ४ हजार ४ सय रकम बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिनुभयो ।

पक्राउ परेको दुवैलार्ई रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: