Monday, April 20News That Matters

श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धम्क्याउने श्रीमान् पक्राउ

पूर्णपुष्टि, असोज २३
आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने एक जना पुरुष पक्राउ परेको छ । भोजपुर रामप्रसादराई गाउँपालिका–१ चामबोटे का ४६ वर्षीय सुजिल राई भरुवा बन्दुक सहित पक्राउ परको हो ।

हिजो राती सँवा ८ बजे घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाईते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाक धम्की दिएका थिए । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटि गई घाईते जुनालाई उपचारको लागी स्थानिय मेडिकल ओख्रेमा पठाईएको थियो । घटनास्थलमा भरुवा बन्दुक फाली तत्कार फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाईएको हो । प्रहरीले घटनस्थलबाट भरुवा बन्दुक, कोदालो बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।