Monday, June 1News That Matters

स्रोत नखुलेको ५ लाख नगदसहित एक युवती पक्राउ

पूर्णपुष्टि, असार ३१ 

स्रोत नखुलेको ५ लाख नगदसहित एक युवती सर्लाहीबाट पक्राउ परेको छ । मलंगवा नगरपालिका–८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा–३ की ३० वर्षीया रेहाना खातुनलाई गोप्य सुचनाको आधारमा  प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाबाट ५ लाख नगद फेला परेको  थियो । नगदसहित उनलाई नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको बुढाथोकीले जानकारी दिनुभयोे ।