स्वर्गिय निलहरी खतिवडाको दोमासिक तिथिमा बटुकहरुलाई बस्त्रदान

गाईघाट/२

स्वर्गिय निलहरी खतिवडाको दोमासिक तिथिको अवसर पारेर गाईघाट स्थित त्रियुगा शान्तितधाम वैदिक गुरुकुलम्का बटुकहरुलाई बस्त्रदान गरिएको छ ।

स्वर्गिय खतिवडाको कान्छि छोरी बालकुमारी खतिवडाले आफ्नो बुवाको दोमासिकलाई स्मरण गर्दै बस्त्रदान गरेको हो । हिन्दु धर्मको संरक्षण र संवर्धनमा सबैको पहल रहोस र शान्तिधाम संस्कृतिक पाठसाला गुरुकुल लाई संरक्षण गर्ने भन्दै त्यहाँका १८ जना बटुकहरुलाई बस्त्रदान गरेको स्वर्गिय निलहरी खतिवडाको कान्छि छोरी बालकुमारी खतिवडाले बताईन् ।

बाबुको सम्झनामा उहाँले पहिलो महिना भोजन कार्यक्रम, ४५ दिनको पुण्यु तिथिमा आर्थिक सहयोग र दोमासिकमा बस्त्रदान गरेको र आउदो महिना पनि जाडोको कपडा दान गर्ने बताइन् ।

आफ्नो हिन्दु धर्म संस्कृतिलाई बचाउ भन्दै स्थापना भएको यस पाठसालालाई संरक्षणको निम्ति सबै सामाजिक अभियन्ताहरुमा प्रचारप्रसार गर्नु पर्ने र यस क्षेत्रमा पनि सामाजिक कार्यहरुलाई प्राथामिकता दिनुपर्नेमा उनिले सुझाव दिइन् ।

आफ्नो स्वर्गिय बाबुको स्मरण तथा स्वर्गबासको कामना गर्दै छोरीको कर्मलाई सामाजिक क्षेत्रमा परिणत गरेको उनिले बताईन । अमेरिकामा रहेको छोरा दिप कुमार निरौलाले बाजेको सम्झनालाई सामाजिक कार्यमा परिणत गर्न अमेरिकाबाट कपडा सहयोग गरी बस्त्रदान गरिएको हो ।

बस्त्रदान कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष विश्वराज भट्टराईले यस कार्यक्रमले आफुलाई सचेत गराएको बताए । उनले हरेक क्षेत्रको सामाजिक कार्य भन्दा निकै अनौठो र महत्व विषयमा बस्त्रदान कर्यक्रम भएको बताए । उनले मान्छेले गर्ने यस्तो हरेको सामाजिक कार्यहरुलाई यस तर्फ पनि विचार गर्नुपर्ने महसुस भएको बताए उनले बर्थडे पार्टीमा हुने खर्चहरुलाई पनि यस ठाउँमा सदुपयोग गर्न सकिने बताए । उनले आफ्नो तर्फबाट यसको संरक्षण र सहयोगमा ध्यान पुराउने बताएको छ ।

यस्तै गैसस महासंकी केन्द्रिय सदस्य तथा सामाजिक अभियन्ता महेश्री राईले कार्यक्रम गर्ने परिवार प्रति खुसि व्यक्त गरेकी छिन् । उनले एउटा छोरीले आफ्नो खुसीले बाबुको नाममा यस्तो सकरात्मक कार्य गर्ने परिवारलाई धन्यवाद व्यक्त गरिन् । यो कार्यक्रमले धर्म सांस्कृतिको जगेर्णामा निकै सहयोग पुेगेको बताईन् साथै राईले आफुले पनि बाबु आमाको नाममा त्यो ठाउँमा केहि सहयोग गर्ने र संघ संस्थाले पनि चासोमा राख्ने बताईन् ।

कार्यक्रमा सामाजिक अभिन्ताहरु सुमन परियार, सिएम गुरागाइँ, माया भण्डारी, लगाएतले पनि उपस्थित जनाएका थिए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: