Thursday, May 21News That Matters

स्वर्गीय. मेघनाथ आचार्यको सम्झनामा बिद्यार्थीहरुलाई पोसाक वितरण

गाईघाट/माघ, १६

स्वर्गिय. मेघनाथ आचार्यको ७९ औँ स्मृति दिवसलाई सम्झैदै छोरा रमेश आचार्यले सत्यदेवी मावि भुल्केका विद्यार्थीहरुलाई पोसाक वितरण गर्नु भएको छ । बाबुको चिरशान्तिको कामना सहित विद्यालयका १ देखी १० कक्षा सम्मका आर्थिक कम्जोर भएका ३० विद्यार्थीहरुलाई पोसाक वितरण गर्नु भएको हो ।

स्वर्गिय. आचार्यले सो विद्यालय खोलेर पूर्व संस्थापक प्र.अ को काम पनि गरिसक्नु भएको थियो । पछि आफुले पनि सो विद्यालयमै प्र.अ को भुमिका निर्वाह गरिसकेको बताउँदै विगतमा बाबुले शिक्षा क्षेत्रमा पुराएको शैक्षिक योकदानको कदर लाई सम्झेर पोसाक वितरण आयोजना गरिएको छोरा रमेश आचार्यले बताउनुभयो ।

उहाँले अहिले यहाँ सम्म आइपुग्दा यस विद्यालयबाट थुप्रै विद्यार्थीहरुले शिक्षा आर्जन गर्दै आफ्नो भविष्यलाई उच्चस्तरीय बनाइसकेको समेत बताउनुभयो । विगतको समय देखिनै यसरी विद्यालयका बिद्यार्थीहरुलाई पोसाक वितरण गर्दै आएको उहाँले बताउनुभयो । सरस्वती पुजाको अवसर पारी आचार्यले यो बर्ष पनि आफ्नो बुवाको स्मृति दिवसलाई पोसाक वितरण गरी सम्झनु भयो ।

सत्यदेवी माविका वर्तमान प्र.अ तिलक कटुवालले स्वर्गीय मेघनाथ आचार्यको बिद्यालयप्रतिको योगदानलाई बिद्यालय, शिक्षक, र विद्यार्थीहरुले सँधै सम्झीरहने बताउँनु भयो । उहाँले स्मृति दिवसको अवसरमा विद्यालयलाई गरेको सहयोगको कदर गर्नुभयो ।

सरस्वती पुजाको विषेश अवसर सँगै स्वर्गिय. मेघनाथ आचार्यको ७९ औँ  स्मृति दिवसमा सँधै सहयोग गर्दै आउनुभएका छोरा रमेश आचार्यलाई धन्यवाद व्यक्त गर्दै आर्थिक कम्जोर बिद्यार्थीहरु प्रति उत्साह थपेको बताउनुभयो । स्कुलले सरस्वती पुजाको अवसरमा बिशेष सांस्कृतिक कार्यक्रम, अबिभावक भेला, व्यवस्थापन समितिको उपस्थिति सँगै पोसाक वितरण लगाएतका कार्यक्रम गरेको थियो ।