Monday, June 29News That Matters

नगरलाई ईन्सेकद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

पूर्णपुष्टि, असार २५

कोरोना रोकथाम तथा नियन्त्रणको लागी बेलका नगरपालिकामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । इन्सेक नेपालको सहयोगमा मानव अधिकार समिति बेलकाले नगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

सनिटाइजर ५ लिटर, थर्मलगन २ थान, सर्जिकल ग्लोब्स २ सय थान, सर्जिकल माक्स २ सय थान, केयन ९५ माक्स २० थान नगरका मेयर दुर्गाकुमार थापालाई हस्तान्तरण गरेको इन्सेकका प्रदेश नम्बर १ का कार्यक्रम संयोजक बाग्मता कटेलले बताए ।

महामारीको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्य कर्मि, सुरक्षाकर्मी, जनप्रतिनीधि तथा सरोकारवाला निकायहरुलाई हयोग गरेको मानव अधिकार समुह बेलकाका अध्यक्ष जयराम पुर्वछानेले बताए ।

बेलका नगरपालिकामा अहिलेसम्म पुष्टि भएका १० जना कोरोना संक्रमितमध्ये ५ जना उपचारपछि निको भईसकेका छन् । बैदेशिक रोजगारी, छिमेकी राष्ट्र भारत तथा अन्य जिल्लाबाट नगरमा आवजाउ बढेकाले कोरोनाको थप जोखिम बढि रहेको सरोकारवालाको भनाइ रहेको छ ।

बाहिरबाट आउनेका लागि नगरले बिभिन्न वडामा स्थापना गरेको क्वारानटाइनहरु राखिएको छ । घुम्ती स्वास्थ्य सेवाबाट नगरले सेवाहरु पनि दिदै आएको छ ।