स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिपको फाईनलमा रातापानी र लक्ष्मीपुर

पूर्णपुष्टि, कार्तिक ५ । स्व. चित्र कुमारी चौधरी (लिम्बु) तेस्रो मलिथम फुटबल च्याम्पियन सिप २०२३ को फाईनलमा रातापानी फुटबल क्लब र लक्ष्मीपुर फुटबल क्लब प्रवेश गरेको छ ।

आईतबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडा र लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई हराउँदै फाईनलमा भेट पक्का गरेको हो । पहिलो सेमिफाईनल खेलमा रातापानी फुटबल क्लबले डेडी फुटसल मतिगडालाई १–० गोलले पराजित गरेको हो । रातापानीका लागी पाण्डु चौधरीले गोल गरे । उनले खेलको अन्तिम औं मिनेटमा रातापानीका लागी विजयी गोल गरेका हुन् । यस खेलमा पाण्डु चौधरी म्यान अफ द म्याच भएका छन् ।त्यस्तै दोस्रो सेमिफाईनल खेलमा लक्ष्मीपुर फुटबल क्लबले थान पोखरी फुटबल क्लब ज्यामिरेलाई २–१ गोलले हराएको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफको ३ औं मिनेटमा लक्ष्मी चौधरीले गोल गर्दै लक्ष्मीपुरलाई आग्रता दिलाएका थिए । तर, लक्ष्मीपुरको आग्रता धेरै बेर टिक्न सकेन् । लक्ष्मीपुरले गोल गरेको ५ मिनेट नबित्दै ज्यामीरेका शिशिर चौधरीले फ्रिकिक मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको २१ औं मिनेटमा पुष्पराज चौधरीले लक्ष्मिपुरका लागी दोस्रो गोल गरे । यस खेलमा लक्ष्मीपुरका रवी शंकर चौधरी म्यान अफ द म्याच भएका छन् ।अब उपाधिका लागी रातापानी फुटबल क्लब र लक्ष्मीपुर फुटबल क्लबले प्रतिष्पर्धा गर्नेछ । यी दुई बिचको फाईनल खेल सोमबार दिउँसो हुनेछ । यस प्रतियोगिताको बिजेताले ट्रफी, मेडर र नगद रु। ३५ हजार प्राप्त गर्नेछ भने उपबिजेताले ट्रफी, मेडर र नगद रु। २५ हजार प्राप्त गर्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0