
पूर्णपुष्टि, ३ कार्तिक ।
स्वर्गिय चित्र कुमारी लिम्वु (स्मृति) तेस्रो फुटवल प्रतियोगिता गाईघाटमा शुक्रबारदेखी सुरु भएको छ । हवाईफिल्डको पुरानो गाईघाट स्थित थारुहट रंगशालामा सुरु भएको उक्त खेलमा लक्ष्मीपुरले बिजयी सुरुवात गरेको छ । जेवाईसी मैनहा क्लव जोगितहलाई ३–० को सुन्यमा हराउँदै लक्ष्मीपुरले जित सुरुवात गरेको हो । लक्ष्मीपुरको तर्फबाट जर्सि नं १७ का पुष्पराज चौधरीले २ गोल गरेका थिए । उनले पहिलो गोल गरेको करिब एक मिनेट नवित्दै पून ः अर्को गोल पनि थपेका थिए । एक गोल भने आत्माघाती भएका थिए । उता जोगिदहको तर्फबाट कुनै पनि गोल हुन सकेन । खेलको समय अबधिभर उक्त क्लवले कुनै पनि गोल गर्न नसकेको हो ।