Tuesday, January 14News That Matters

स्व. चित्र कुमारी लिम्वु स्मृति तेस्रो मलिथम फुटवल : दोस्रो खेलमा डयाडी फुटसल मोतिगडा बिजयी

पूर्णपुष्टि, असोज ३ ।
शुक्रबारदेखी सुरु स्व. चित्र कुमारी लिम्वु समृति तेस्रो मलिथम फुटवल प्रतियोगिताको दोस्रो खेलमा डयाडी फुटसल मोतिगडा बिजयी भएको छ । जनज्योति एफसी बसाहा र डियाडी फुटसल मोतिगडा खेलेको दोस्रो खेलमा डयाडीको तर्फबाट राकेश चौधरीको एक गोलनै जितको निर्णायक गोल बनेका थिए । बसाहालाई १–को बिरुद्ध हराउँदै मोतिगडा पहिलो खेलमा जित निकाल्न सकेको हो । उक्त खेल गाईघाट स्थित थारुहट रंगशालामा जारी छ । फाईनल खेल कार्तिक ६ गते हुने छ भने प्रतियोगितामा बिजेतालाई ३५ हजार नगद ट्रफि र मेडलको ब्यवस्था गरिने र उपविजेतालाई २५ हजार नगद ट्रफि र मेडल प्रदान गरिने अयोजकले जनाएको छ ।