Friday, May 1News That Matters

स्व : लालशेर राई मेयर फुटवल प्रतियोगिताको उपाधी ११ नं वडाले जित्यो

पूर्णपुुष्टि, साउन ३
गाईघाटमा जारी स्व : लालशेर राई २२ औँ मेयर फुटवल प्रतियोगिताको उपाधि ११ नं वडा गाईघाटले जितेको छ । मंगलवार भएको फाईनल खेलमा ५ नं वडालाई २/० को अन्तरले पराजित गर्दै उपाधी ११ नं वडाले आफ्नो पोल्टोमा पारेको हो । खेलको ३३ औँ मिनेटमा ११ नं वडाको तर्फबाट जर्सि नं ११ का दिवस श्रेष्ठले गोल गरी टिमलाई अगाडी बढाएका थिए । हाफ पछि पून : जर्सि नं १५ का डेविट चौधरीले ७७ मिनेटमा पून : गोल गर्दै टिमलाई थप अग्रता दिन सफल भएका थिए ।
खेल अबधिभर ५ नं वडाले भने कुनै पनि गोल फर्काउन सकेन । विजेता टिमले नगद ५० हजार सहित सिल्ड, प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजेता टिम ५ नं वडाले ३० हजार नगद सहित सिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।