
पूर्णपुष्टि, माघ १८ । स्वर्गिय लालशेर राई स्मृति २४ औँ मेयर कप फुटबल प्रतियोगिता २०८१ को उपाधि वडा नं. १० बोक्लेले जितेको छ । बिहिवार गाईघाटको थरुहट रंगशालामा सम्पन्न फाइनलमा वडा नं. १२ डिएमगेटलाई १ गोलको विरुद्ध ४ गोल गर्दै बोक्सेले उपाधि हात पारेको हो ।
पहिलो हाफको निर्धारीत समय सम्म दुबै टिमले गोल रहित बराबरी खेलेको थियो । दोस्रो हाफको सुरुवती ३७ औँ मिनेटमा जर्सि नं. १० का अर्जुन मगरले गोल गर्दै बोक्सेलाई आग्रता दिलाएका थिए भने खेलको ४७ औँ मिनेटमा मगरले व्यत्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । बोक्सेको लागी जर्सी नं. १४ का सनम राई र जर्सि नं. ७ का लकि राईले सम्मान १–१ गोल गरे । खेलको ६६ औँ मिनेटमा रविसंकर चौधरीले डिएमगेटका लागी सान्त्वना गोल गरे । यस खेलको म्यान अफ द म्याच बोक्सेका दिपक मगर बने ।
उपाधि विजेता बोक्सेले नगद रु. ५० हजार सहित ट्रफि, मेडर र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता डिएमगेटले नगद रु. ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विधागत विजेता पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीको उपाधि बोक्सेका सनम राईले प्राप्त गरे । यस्तै बेस्ट किपरको उपाधि बोक्सेको उमेश थापाले प्राप्त गरे भने बेस्ट डिफेन्स डिएम गेटका जर्सि नं. ५ का युवराज थापाले प्राप्त गरे भने वडा १२ कै जर्सी नं. ४ का अनुराग चौधरीले बेस्ट डिफेन्स प्राप्त गरे । हाई स्कोरको उपाधि १० जर्सी नं. १६ का अर्जुन कुमार मगरले पाए । यस्तै बोक्सेकै दिपेन्द्र दाहालले बेस्ट कोचको उपाधिबाट पुरस्कृत भए । विधागत खेलाडीलाई लाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
त्रियुगाका संस्थापक नगरप्रमुख स्वर्गीय लालशेर राईको २४ औँ स्मृति दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । त्रियुगाका १६ मध्ये १४ वटा वडाका खेलाडी समूहको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए ।