Tuesday, August 18News That Matters

हराएका कार्की मृत फेला

खोटाङ, पुस २५ गते ।

हराएका खोटाङ हलेसीका युवराज कार्की मृत फेला परेको छ । हलेसी तुवाचुङ लुलेमाबेशी–१ निबासी ४६ वर्षीय कार्की विहिबार दिउँसो साढे ५ बजे मृत अवस्थामा फेला पारेको हो ।

गत पुस ८ गते घरबाट हराई बेपत्ता भएका कार्कीलाई आफन्तले खोजी गर्ने क्रममा डुम्रेलिलिमावेसी स्थित दुधकोशी नदिमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।