Saturday, June 13News That Matters

हर्न निषेधबारे सवारी चालकहरुलाई हात जोडेर सम्झाउँदै उदयपुर ट्राफिक

पूर्णपुष्टि, फागुन १०

वातावरण प्रदुषण फैलाउने सवारी हरण ३ बर्ष पहिल्यै बाट निषेधित रहेको भएपनि पूर्ण रुपमा नियन्त्रण हुन सकेको छैन् ।

जथाभावी सवारी हर्नले वातावरण प्रदुषण हुनुका साथै बिरामी तथा बिभिन्न मानसिमा वातावरणीय असर पुराउने भन्दै यसलाई आवश्यक भन्दा अन्य काममा बजाउन नपाउने ट्राफिक नियममा उल्लेख गरिएको छ । राजधानीमा ५ बर्ष पहिल्यै बाट यो कार्यन्वयन सुरु गरिएको भएपनि प्रदेश नं १ मा भने ३ बर्ष देखि यो नियम लागु गर्दे आएको थियो ।

प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीको निर्देशनमा १४ ओटै जिल्लामा रहेको ट्राफिक कार्यालयहरु र त्यस माताहतमा रहेको सबै ट्राफिक पोष्टहरुमा सोमवार ठुला तथा साना सवारीहरुलाई हर्न निषेधबारे सम्झाउने काम भएको छ ।

१ नंम्वर प्रदेशलाई वातावरण प्रदुषण मुक्त बनाउन ट्राफिक प्रहरीले हर्न निषेध गर्ने अभियान अन्तगरगत उदयपुरमा पनि हर्न निषेधबारे सवारी चालकहरुलाई हात जोडेर ट्राफिक सचेतना कार्यक्रमबाट सम्झाउने गरेको हो ।यसै शिलशिलामा उदयपुर ट्राफिक प्रहरीले पनि बिना काममा हर्न लगाउने र हर्न निषेधबारे नबुझेका सवारीहरुलाई सम्झाउने काम गरेको छ । गाईघाट लगायत बिभिन्न ठाउँ कटारी, बेल्टार, बेलकामा पनि यसबारे सम्झाउने काम भएको छ ।

उदयपुरका ट्राफिक इन्चार्ज कमल कार्कीको नेतृत्वमा त्रियुगा बषपार्क स्थित बस, ट्रक, टिफर, भेन, जिप जस्ता सवारीहरुलाई यसबारे बुझाइएको छ ।

ट्राफिक इन्चार्ज कार्कीले यो कार्यक्रम सचेतनाको लागि जिल्लाका सबै ठाउँमा गरिएको बताउनुभयो । १ नं प्रदेशको प्रमुख ट्राफिक कार्यालयको माताहतमा रहेको १४ ओटै जिल्लाहरुमा यो सचेतना कार्यक्रम संञ्चालनमा रहेको कार्कीले बताउनुभयो ।

कार्कीले सडकको स्थिति र आपत कालिन समय भन्दा अन्य बेला हर्न बजाएर वातावरण प्रदुषण गर्न कुनै पनि सवारीलाई छुट नहुने भन्दै ३० सेकेण्ड देखि १ मिलेट सम्म चालकहरुलाई हात जोडेर सम्झाउने काम गरेको बताउनुभयो ।घुम्तिहरु र बाटोमा केहि आपत कालिन परेमा भने हर्न बजाउन पाउने उहाँले बताउनुभयो । काम विना हर्न बजाइएको पाइएमा कार्वही हुने उहाँले बताउनुभयो । अहिले सम्म धरै सवारीहरु कार्वाहीमा पनि परिसकेको छ उहाँले भन्नुभयो । बिना काममा हर्न बजाउनेलाई ५ सय देखी १५ सय सम्म जरिवाना हुने बताउनुभयो ।