
पूर्णपुष्टि, असोज १४ गते ।
उदयपुर – बडादशैँको दशमीका दिन आज मान्यजनबाट टिका थापेर सदाझै उदयपुरमा हर्षोउल्लासका साथ दशै मनाईदैछ । मान्यजनबाट टीका, जमराका साथ आशिर्वाद थालेर आजको पर्वलाई सार्थक बनाईराखिएको छ ।
विहानदेखिकै दर्शै उत्सव आजको शुभसाईत ११ः५५ देखि टिका–जमराका साथ सजिएको छ । उदयपुरको सदमुकाम गाईघाट, मूख्य व्यापारिक केन्द्रहरु कटारी, बेल्टा, मुर्कुची, रामपुर ठोक्शिला लगायतका शहरी क्षेत्रमा टिका लाउन जाने आउनेको व्यस्तता देखिन्छ भने गाउँघरतिर आप्mनै व्यस्तता छ ।

दशैंमा टिका थाप्नकै निम्ति शहरी क्षेत्रबाट गाउँमा जानेको संख्या धेरै छ । त्यसैले शहर, बजार करिब करिब सुनसान छ । सधै सवारी साधनमा व्यस्त हुने यातायात व्यवसायीहरु पनि आज घरघरमै दशै मनाइरहदा सवारीसाधन पातलीएको अवस्था छ ।
जिल्लामा शान्तिमयढंगबाट दशैं उत्सव चलिरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए । दशैंमा हुनसक्ने दुर्घटना तथा अशान्तिलाई मध्येनजर गरी शान्ति सुरक्षाको व्यवस्था गरिएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले बताए ।