
बुद्धि चामलिङ राई
बेलका, असार २९
उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिकाको बेल्टार–बसाहा हुँदै रामपुर चतरा जाने सडकको देउरारी डाडा (जङ्गल) कटेपछि सुपाडे बजारदेखि बेलका नगरपालिकाको सिमा सुरु हुन्छ । सुपाडे बजारको देब्रेपटि करिब दुई किलोमिटर भित्र उत्तरी दिशामा बेलका नगरपालिकाको वडा नम्बर ५ घुम्ने गाउ रहेको छ । यो घुम्ने गाउका स्थानिय युवाहरु तीन हप्ता अघिसम्म स्थानिय खेतिपातिको काममा ब्यस्त हुन्थे । गाउँ भएकाले स्थानीय गाउले युवाहरु कृषिको काम मकै गोड्ने, खन्ने, धान रोप्ने काम, गाइबस्तु गोठाला गर्ने युवाहरुको अहिले दैनिकी फेरिएको छ ।
गत असार १७ गते देखि स्थानिय बेलका नगरपालिका वडा नम्बर ५ घुम्नेका स्थानिय २५ बर्षिय युवा पुजन कटुवाल (भोजराज) ले हवाइ चप्पल उद्यम खोले पछि यहाको युवाको दैनिकी फेरियको हो । यस अघि सामान्य खेतिपातिको काममा दिन बिताउने यहाका युवाहरु अहिले मानिसले लगाउने हलुका किसिमको हवाइ चप्पल बनाउने काममा ब्यस्त हुन्छ्न । अहिले घुम्नेका ३ जना जोशिला उर्जाशिल युवाहरु बिहान १० बजे उद्योग खुले देखि बेलुकी ५ बजेसम्म मानिसले लगाउने विभिन्न साइजको चप्पल बनाउन नै ब्यस्त हुन्छन ।
चप्पल बनाउने उधोग गाउमै खुले पछि हेर्न आउने मानिसहरुको दैनिक भिड लाग्छ । हेर्न आउने आगन्तुक दर्शक हरुलाइ चप्पल बनाउने तरिका बारे सन्चालक पुजन बेलिबिस्तार लगाउछन । आफैले लगाउने चप्पल कसरी के बाट बन्छ भन्ने उत्सुकता मेट्न र हेर्न को लागि दैनिक १० देखि २० जनाको सङ्ख्यामा मानिसहरु हेर्न आउने गरेको संचालक पुजन बताउछन । आफुले शुरु गरेको उद्यम हेर्न आउने मानिसको हौशला र प्रोत्साहनले आफुलाइ थप उर्जा मिलेको पुजन को भनाइ छ ।

२०७० साल अघि शिक्षण सङ्काय अङ्ग्रेजी बिषयमा कक्षा १२ पास गरेर पुजनले २०७१ सालमा चौदण्डिगढी नगरपालिका वडा नम्बर १ रानिटारमा नर्सरी देखि कक्षा ३ सम्म पढाइ हुने अङ्ग्रेजी माध्यमबाट पढाइ हुने निजि बिद्यालय खोलेर करिब ३ बर्ष २०७४ सालसम्म सन्चालन गरे । स्थानिय अबिभाबकको सहयोग नपाउदा र बिद्यार्थीको सङ्ख्या कम भएपछि बिद्यालयलाई बन्द गरि उनी गाउमै केही गर्ने सोचको लागि आर्थिक लगानी जुटाउन मलेसिया हाक्किए । मलेसियामा उनले करिब १७ महिना बिद्युतिय सामान उत्पादन हुने कम्पनिमा काम गरे । कम्पनिको काम बाहेक उनले खालि समयमा हवाइ चप्पल बनाउने उद्योगमा काम गर्दै अनुभव बटुले । हवाइ चप्पल बनाउने मेशिन किन्ने लगानी कमाएपछि उनी पुन नेपाल फर्किय र आफ्नै गाउँमा उधम खोले ।
हवाइ चप्पल बनाउने मेशिनमा उनले ४ लाख लगानी गरे भने बाकी अरु पुर्बाधार तयार गर्न ४ लाख गरि जम्मा ८ लाख लगानी भएको पुजनको भनाइ छ । उनलाइ उद्यम खोल्न सहयोग गर्ने उनका दरिलो सहयोगिको रुपमा उनको भाइ आएका छन । उनका भाइ पेशाले स्वास्थ्यकर्मी अहेब हुन । स्वास्थ्य कार्यालयको काम सकिए पछि उनी पनि बेलुकी दाजु सङ्गै चप्पल बनाउने उद्योगमा भेटिन्छन । हवाइ चप्पलको बजारमा खुद्रा मुल्य १ सय देखि १ सय ५० सम्म पर्ने भए पनि पुजनको हवाइ चप्पल उपभोक्ताले ९० रुपियासम्ममा पाउने पुजन बताउछ्न ।
स्थानिय उत्पादनलाई स्थानियले प्राथमिकता दिने हो भने उद्यमले राम्रो बिकास गर्ने उनको सपना छ । उद्यमलाई बिकास गर्न र टिकाइ राख्न स्थानिय सरकारको सहयोग अपरिहार्य रहेको पुजनको भनाइ छ । स्थानिय सरकारले सहुलियतमा बिना ब्याज श्रण दिने हो भने यस्ता गाउमा खुलेको उद्यमले छिटो बामे सर्ने उनको बुझाइ छ । अहिले पुजनले खरिद गरेको मेशिनले करिब १ हजार विभिन्न साइजको हवाइ चप्पल उत्पादन गरिसकेको छ । ३ जना कामदारले दैनिक १२ सय चप्पल बनाउन सकिने भए पनि अहिले दैनिक रुपमा बिद्युत आउने जाने गर्ने समस्याको कारण र उत्पादन गरिएको चप्पलको माग थोरै भएकाले उत्पादनमा गति नदिएको पुजनले बताए ।

“बेलका जुत्ता चप्पल उद्योग“ नाम दिएको उद्योगले अहिले हवाइ चप्पल र कागज, आल्मुनियमको टपरी बनाउन सक्छ । त्यस बाहेक आगामी दिनमा महिलाहरुले लगाउने जुत्ती, पुरुष महिला दुबैले लगाउने जुत्ता बनाउने मेशिनको पनि खरिद गर्ने योजना पुजनको छ । पुजनले चप्पल बनाउने कच्चा पदार्थ (सित, तलि) अहिले बिराटनगरबाट खरिद गरि ल्याएर बनाउने गरेका छन । प्रती जोर चप्पल बनाउन ८० रुपियासम्म लगानी लाग्ने र होलसेलमा ८५ रुपियासम्ममा दिन सकिने पुजन बताउछ्न । अहिले आफ्नो गाउको उत्पादन इटहरीबाट ६ सय जोरको माग आइसकेको पुजनले बताए ।
त्यस बाहेक हाम्रो चप्पल उत्पादन स्थानिय रामपुर बजारमा पनि गइसकेको छ ।, व्यापारीबाट राम्रो प्रतिक्रिया पाएको पुजन सुनाउछ्न । पुजन भन्छ्न “हाम्रो गाउको उत्पादन शहर र पहाडी गाउको उपभोक्ताले सस्तो, दरिलो, टिकाउ हुने उत्पादनको रुपमा लिउन भन्ने योजनामा हामी काम गरिरहेका छौँ ।” सबैको सहयोग, सहानुभूति र मायाको आबश्यकताको महशुस गरेका छौँ पुजनले भने । आफ्नो स्थानिय चप्पल उत्पादन उदयपुर जिल्लाको कटारी, मुर्कुचि, नेपालटार, गाइघाट, बेल्टार लगायत देशको सबै सहर, ठाउँहरुमा माग अनुसार बजार प्रबर्द्धनमा आफुहरु लाग्ने पुजनको योजना छ ।

केही बर्ष अघि सम्म सामान्य ३०–३५ रुपियामा पाउने हवाइ चप्पल अहिले बजारमा न्युनतम १ सय रुपिया देखि १ सय ५० रुपैयाँसम्ममा किन्न सकिन्छ । सामान्य रुपमा घरमा बस्दा लगाउने हलुका चप्पल भएको कारण चल्ती नभए पनि घर को लागि अनिबार्य जस्तै बनेको छ । आबश्यकतालाई मध्येनजर गर्दै शहरका मानिस यस्ता हवाइ चप्पलका उपभोक्ता हुन । पहाडी गाउले परिबेशका मानिसलाई भने बलियो र टिकाउ हुने चप्पल चाहिने भएकाले बलियो तथा टिकाउ हुने चप्पलको माग बढी छ । अहिले गाइघाटका पसलहरुमा बिक्री हुने हवाइ चप्पल बिरगन्ज, बिराटनगर, इटहरिबाट आयात हुँदै आएको छ ।
