पूर्णपुष्टि, असोज १९ । हवाई मैदानको लागी भनेर किनेको जग्गाको जानकारी दिन सुनसरीको धरान उपमहानगरपालिकाले एति एयरलाईन्सलाई पत्र पठाएको छ ।
शुक्रबार धरानका नगरप्रमुख हर्क साम्पाङले यति इन कर्पोरेट प्रालि लाजिम्पाटलाई वडा नं १७ साविक घोपा २ ख का विभिन्न कित्ता नंम्बरका जग्गाहरु हवाई मैदान निर्माणका लागी खरिद गरी लिईएकोमा हालसम्म हवाई मैदान सुरु नभएकोले जग्गा फिर्ता दिलाई पाउँ भन्ने पनि सरोकारवालाहरुको यस कार्यालयमा निवेदन पेश हुन आएकोले सो जग्गाको अवस्थाको बारेमा जानकारी गराउन भनेका हुन् ।
प्रमुख साम्पाङले लेखेको पत्रमा भनिएको छ ‘जग्गाको हालको अवस्था के कस्तो छ ? सम्पुर्ण व्योहोरा खुलाई आजको मितिले १५ दिन भित्र सो विषयका प्रमाण सहितको जानकारी पठाई सहयोग गरिदिन हुन अनुरोध छ ।’ हवाई मैदान निर्माणको लागी भनेर लिईएको १४ रोपनी जग्गा अहिले प्लटिङ गरेर बेच्न थालेपछि स्थानियहरु आन्दोलित भएका छन् । एयरलाइन्सलाई हवाई मैदानको लागी भनेर सस्तोमा दिएको जग्गा प्लटिङ गरेर महंगोमा बिक्री हुन थालेपछि स्थानिहरुले जग्गा फिर्ता हुनु पर्ने माग गरेका हुन् ।