
उदयपुर, असोज २ गते ।
संविधान दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रदेश तहका कर्मचारी समुह प्रथम भएको छ । दोस्रो स्थानमा बरुवा क्याम्पस गाईघाट समुह सफल भएको छ भने तेस्रा स्थानमा संघीय कर्मचारी समुहले स्थान हाँसिल गरेको छ ।
उनीहरुले क्रमशः १४०, १३० र १०० अंक प्राप्त गरेका थिए । सहभागिहरुले प्राप्त गरेको स्थान प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले घोषणा गर्नुभयो ।

प्रतियोगितामा विभिन्न समुहहरुले भाग लिएको थियो । स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तहका कार्मचारी, उद्योग वाणिज्य संघ, उदयपुर सिमेन्ट उद्योग, त्रियुगा क्याम्पस मोतिगडा, गैर सरकारी संस्था, नेपाल पत्रकार महासंघ र बैंक समुहले भाग लिएका थिए ।

दिवसमा आयोजित कार्यक्रमहरु मध्ये एक प्रभावकारी कार्यक्रमको रुपमा लिईएको उक्त प्रतियोगितामा महत्वपूर्ण विभिन्न क्षेत्रले भाग लिएका थिए । नेपालको संविधान, राज्य व्यवस्थालाई विशेष समेटेर प्रश्नहरु तयार पारिएका थिए ।

प्रतियोगितामा अडियन्सको तर्फबाट त्रियुगा नगरपालिकाका कर्मचारी तथा त्रियुगा क्याम्पसका विद्यार्थीसमेत रहेका बाबुराम घिमिरेले १५ वटा प्रश्नको सहि जवाफ दिएर प्रशंसा बटुल्न सफल भए । पुरस्कारको रुपमा चकलेट दिइए पनि उनी कार्यक्रमकै एक प्रशंसा पाउने व्यक्तिमा पर्न सफल भएँ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद अम्बिका थापा, जिल्ला समन्वय समितिका प्रमुख खड्ग परिवार, उपप्रमुख गंगा राई लगायत प्रतियोगिता सबैका लागि विशेष र चासोको बनेको थियो । कार्यक्रममा जिल्ला न्ययधिश, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख एसपी लगायत कार्यालय प्रमुख, कर्मचारी, नागरिक समाज, पत्रकार, विद्यार्थी, व्यापारी, व्यवसायी लगायतको उपस्थिति थियो ।
कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगिताको सहजिकरण केन्द्रका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हिरा न्यैपानेले गरेका थिए ।
