
उदयपुर, असोज २ गते ।
संविधान दिवसको अवसरमा उदयपुरमा विहिबार साँझ दिपावली गरिएको छ । सदरमुकाम गाईघाट बजारको चौकमा विशेष दिपावली गरिएको थियो । त्यस्तै सरकारी तथा गैरसरकारी कार्यालयहरु र सर्बसाधारणको घरमा समेत दिपावली गरिएको थियो ।
जिल्ला समन्वय समिति उदयपुरको संयोजनमा बनेको मुल दिवस आयोजक समितिको आव्हान अनुरुप नै जिल्लाभरी दिपावलीको कार्यक्रम सम्पन्न भएको हो ।
