
पूर्णपुष्टि, असार ११
दाङमा हातहतियारसहित एक जना पक्राउ परेको छ । घोराही उपमहानगरपालिका–१३, लापेबाट माछे नेपाली भनिने २६ वर्षीय साजन नेपालीलाई भरुवा बन्दुक र पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले एक थान भरूवा बन्दुक, एक थान पेस्तोल र भरूवा बन्दुकमा लाग्ने २ सय १० वटा फलामको छर्रा सहित मंगलबार राति करिब १० बजे पक्राउ गरेको जिप्रका दाङले जनाएको छ ।
घरमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका नेपालीलाई मुलुकी संहिता २०७४ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिप्रका दाङले जनाएको छ ।
