Sunday, June 28News That Matters

आबुधाबी र कुवेतबाट ३ सय नेपाली काठमाण्डौ आइपुगे

पूर्णपुष्टि, असार ११

आबुधावी र कुवेतबाट तीन सय एक जना नेपाली काठमाण्डौँ आइपुगेका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १ सय ५२ जना नेपाली काठमाण्डौ आइपुगेका हुन् ।

यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १ सय ४९ जना लिएर काठमाण्डौ आइपुगेको छ । आज कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १ सय ५२ जना फर्कने तालिका रहेको छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५४ जना स्वदेश फर्कनेछन् ।

कतार एअरवेज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउने तालिका रहेको विमानस्थलले जनाएको छ ।