Sunday, June 28News That Matters

हात्तीपाइलेविरुद्धको औषधि १२ जिल्लामा खुवाइने

पूर्णपुष्टि, फागुन १४

नेपालको १२ वटा जिल्लामा हात्तीपाईले रोगविरुद्धको औषधी खुईने भएको छ । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाइने भएको हो ।

आगामी चैत २० गतेदेखि झापा, मोरङ, धनकुटा, बारा, लम्जुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसअघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने तय भएकोमा कोरोनाभाइरस कोभिड—१९ विरुद्धको खोप अभियान चलिरहेकाले केही समय पर सारिएको महाशाखाले जनाएको छ ।