Wednesday, June 3News That Matters

हात्तीले कुल्चेर श्रीमतीको मृत्यु, श्रीमान घाईते

पूर्णपुष्टि, चैत १५ । झापाको शिवसताक्षी नगरपालिका ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० बर्षीया पबित्रा भेटवाल रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

बुधबार बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार पार्दा पबित्रा भेटवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।